Ipo.aspx merolagani - सन नेपाल लाइफ इन्स्योरेन्सको अवितरित हकप्रद शेयरमा आजदेखि बोलपत्र पेश गर्न सकिने

सन नेपाल लाइफ इन्स्योरेन्सको अवितरित हकप्रद शेयरमा आजदेखि बोलपत्र पेश गर्न सकिने

Jul 07, 2025 08:58 AM Merolagani

सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (SNLI) ले लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्न लागेको अवितरित हकप्रद शेयरका लागि आज (असार २३ गते) देखि बोलपत्र पेश गर्न सकिनेछ।

इन्स्योरेन्सले संस्थापक समूहतर्फ लकइनमा रहेको ८० हजार २२२ कित्ता, सर्वसाधारणतर्फ लकइनमा रहेको ४ हजार ४९ कित्ता र सर्वसाधारणतर्फ नै लकइनमा नरहेको १ लाख ४० हजार ४५७ कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्री प्रक्रियामार्फत बिक्री गर्न लागेको हो।

सो शेयर खरिदका लागि असार ३० गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा संस्थापकतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सन नेपाल लाइफ इन्स्योरेन्सको पुतलीसडक (काठमाडौँ), विराटनगर, विरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढि शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम पाउन र बुझाउन सक्नेछन्।

comments powered by Disqus

हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।