Ipo.aspx merolagani - सातामा ५ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो?

सातामा ५ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो?

Jul 19, 2025 06:22 AM Merolagani

यस साता नेप्से परिसूचक ५ प्रतिशत बढेर बन्द भएको छ। गत साता २७३१.८० विन्दुमा बन्द भएको नेप्से, यस साता ५.०८ प्रतिशत अर्थात १३८.८३ अंक बढेर २८७०.६३ विन्दुमा पुगेको छ।

यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ४ कारोबार दिन नेप्से बढेर बन्द भएको थियो १ कारोबार दिन घटेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स २८.४७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १०.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ९.९० अंक बढेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ८ अर्ब ३२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ११ अर्ब ९३ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ४३.४० प्रतिशत बढेको हो। यस साता दैनिक औषत शेयर संख्या ५५.९२ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ३४.५२ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि ५ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब ५५ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २ खर्ब ३१ अर्ब रुपैयाँ बढेर ४७ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ८.१० प्रतिशत बढेको छ। गत साता ४९४०.६८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४००.३५ अंक बढेर ५३४१.०३ विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४३०.४८ अंक बढेको छ। गत साता १२ हजार ५८४.४७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता १३ हजार १४.९५ विन्दुमा पुगेको छ।

यस साता व्यापार उपसमूहको परिसूचक सबैभन्दा कम बढेको छ। गत साता ४१५८.२६ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १.५२ प्रतिशत अर्थात ६३.१४ अंक बढेर ४२२१.४० विन्दुमा पुगेको छ।

नेप्सेमा यस साता ५ कम्पनीको ३ करोड १ लाख ९३ हजार ५५१.९१ कित्ता शेयर सूचीकृत भएको छ। यस साता नेपाल इन्स्योरेन्सको बोनस शेयर, नेपाल फाइनान्सको लिलामी संस्थापक शेयर, सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयर, ट्रेड टावर र सान्भी इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत भएको हो।

यस साता थ्री स्टार हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक २१.९२ प्रतिशत बढेको छ। गत साता ६६० रुपैयाँ १३ पैसा रहेको यस कम्पनीको अन्तिम शेयरमूल्य, यस साता ८०४ रुपैयाँ ८० पैसा रहेको छ। त्यस्तै, यस साता सम्पदा लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको भगवती हाइड्रोपावरको शेयरमूल्य यस साता सर्वाधिक १०.१२ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता ९ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८८, थ्रि स्टार हाइड्रोपावर, गरिमा डिबेञ्चर, २०८५ लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, नेपाल हाइड्रो डेभलोपर्स, विशाल बजार कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

comments powered by Disqus

लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।