Ipo.aspx merolagani - सातामा सामान्य अंक बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

सातामा सामान्य अंक बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Jun 14, 2025 06:11 AM Merolagani

यस साता नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। गत साता २६४०.९६ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.५५ प्रतिशत अर्थात १४.४२ अंक बढेर २६५५.३८ विन्दुमा पुगेको छ।

यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन घटेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स २.७६ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१० अंक बढेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ७ अर्ब २६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १० अर्ब ८ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३८.८७ प्रतिशत बढेको हो। यस साता दैनिक औषत शेयर संख्या ३०.७३ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १६.९८ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि ०.५५ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ९९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २४ अर्ब रुपैयाँ बढेर ४४ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ।

यस साता १३ वटा उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ५.५१ प्रतिशत बढेको छ। गत साता ३४५०.८३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १९०.३१ अंक बढेर ३६४१.१४ विन्दुमा पुगेको छ।

कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस साता सर्वाधिक १.६३ प्रतिशत घटेको छ। गत साता ४२५४.९१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ६९.२४ अंक घटेर ४१८५.६७ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी १५०.०५ अंक घटेको छ।

यस साता नेप्सेमा दुई कम्पनीको ५६ लाख ४९ हजार ४८९.५५ कित्ता शेयर सूचीकृत भएको छ। यस साता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनस शेयर र नेको इन्स्योरेन्सको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता पियोर इनर्जीको शेयरमूल्य सर्वाधिक ६०.९८ प्रतिशत बढेको छ। गत साता ५१२ रुपैयाँ ३० पैसा रहेको यस कम्पनीको अन्तिम शेयरमूल्य, यस साता ८२४ रुपैयाँ ७० पैसा रहेको छ। त्यस्तै, यस साता बुटवल पावर कम्पनीको शेयरमूल्य २१ प्रतिशत बढेको छ भने श्री इन्भेष्टेमन्ट एण्ड फाइनान्सको शेयरमूल्य करिब २१ प्रतिशत बढेको छ। कारोबारमा आएको ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य यस साता सर्वाधिक १७.२३ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता पियोर इनर्जी, मिड सोलु हाइड्रोपावर, ९ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८८ लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने बोटलर्स नेपाल (बालाजु), जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

comments powered by Disqus

‘लक इन पिरियड’ खुल्न लागेका हाइड्रोपावरमा संस्थापक लगानी गर्ने कम्पनीमा लगानीकर्ताको आकर्षण, कुन हाइड्रोपावरमा कसको लगानी कति ?

Jun 12, 2025 06:23 AM

बाबुकृष्ण महर्जन

पछिल्लो केही कारोबार दिनदेखि हाइड्रोपावरका कम्पनीको शेयर मूल्य बढिरहेको छ। नेप्से घट्दा होस् या बढ्दा, हाइड्रोपावर समूह भने बढ्दो लयमा देखिएको छ ।