Ipo.aspx merolagani - गत साता ५ प्रतिशत बढेको नेप्से, यस साता के होला?

गत साता ५ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Jul 20, 2025 06:23 AM Merolagani

गत साता नेप्से परिसूचक ५ प्रतिशत बढेर बन्द भएको थियो। अघिल्लो साता २७३१.८० विन्दुमा बन्द भएको नेप्से, गत साता ५.०८ प्रतिशत अर्थात १३८.८३ अंक बढेर २८७०.६३ विन्दुमा पुगेको छ।

गत साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ४ कारोबार दिन नेप्से बढेर बन्द भएको थियो १ कारोबार दिन घटेको थियो।

 

अघिल्लो प्रतिरोध क्षेत्र अब टेवा क्षेत्र

गत साता नेप्से परिसूचक बढेसँगै गत साताको प्रतिरोध क्षेत्र, आगामी साताको लागि टेवा क्षेत्र रहेको छ। अर्थात गत साता २७५० देखि २८०० सम्म रहेको प्रतिरोध क्षेत्र आगामी दिनको लागि टेवा क्षेत्र बनेको छ। आगामी दिनमा नेप्सेले उकालो यात्रालाई निरन्तरता दिएका ३००० देखि ३०५० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

खरिदकर्ता हाबी

साप्ताहिक रुपमा नेप्सेले गत साता बुलिश पिन बार बनाएको छ। त्यसैगरी, गत साताको अन्तिम तीन कारोबार दिन पनि नेप्सेले हरियो मैनबत्ती बनाएको थियो। यसले सो साता र सो दिनहरुमा बजारमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

गत साता नेप्सेको भोल्यूम पनि बलियो रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ११ अर्ब ९३ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ८ अर्ब ८१ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ३५.४१ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

गत साता नेप्से परिसूचक बुलिश प्रवृत्तिमा रहेको छ। गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ। र यी दुई बीचको दूरी फराकिलो हुनुका साथै यी दुबै रेखाहरु सकारात्मक क्षेत्रमा रहेका छन्। त्यस्तै, नेप्सेको हिस्टोग्राम सकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेको छ।

खरिदचाप बढी

गत साता नेप्सेको स्टकास्टिक आरएसआई ओभरबट जोनमा पुगेको छ। यसले गत साता बजारमा बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

२२ करोड रुपैयाँ ठगी गरेको आरोप लागेपछि सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ

Jul 21, 2025 02:08 PM

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । पीडितले प्रहरीलाई फोन गरेपछि उनलाई पक्राउ गरिएकाे हाे ।