Ipo.aspx merolagani - दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM merolagani

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।

तर अहिले पनि दीपेन्द्रको मोबाइल फोन खुला छ। उनको मोबाइलमा सम्पर्क गर्दा उनका निकटले टेलिफोन उठाउँछन्। मेरो लगानीले अग्रवालको मोबाइलमा सम्पर्क गर्दा उनका निकट प्रवेश खनालले मोबाइल उठाए। प्रवेशका अनुसार नेपाल धितो पत्र बोर्डको अनुसन्धानका कारण अग्रवाललाई प्रहरीले नपक्रिएको बरु ब्रोकर कम्पनीको रकम सेटलमेन्टमा कुरा नमिल्दा उनी पक्राउ परेको बताइएको छ।

प्रवेशले मेरो लगानी सँग घटनाको बेली बिस्तार यसरी लगाए ”दीपेन्द्र अग्रवाल पक्राउ पर्नु नै भएको हो। अहिले उहाँ जिल्ला प्रहरी परिसरमा हुनुहुन्छ। तर उहाँलाई सेबोनको कारणले पक्राउ गरिएको होइन। खास के भएको हो भने हामीले सिप्रभि सेक्युरिटीज भन्ने ब्रोकर कम्पनीको खातामा हामीले पैसा हालिदिएका थियौ। त्यो पनि उसले सापटी मागेकोले हामीले हालिलिएको हो। उसको खातामा हामीले टोटल ३३ करोड ७३ लाख २३ हजार एक सय ८६ रुपैयाँ हालेका हौ। त्यो पैसा उसले सेटलमेन्ट गाह्राे भयो भनेर सापटी मागेको कारण हामीले हालिदिएको हो। त्यस पछि हामी सँगै काम गर्ने नीतिन शाह र दिनेश शाह हुनुहुन्थ्यो। सिप्रभि सेक्युरिटीजले के गरिदियो भन्दा त्यो पैसा उहाँहरुको लेजरमा एडजस्ट गरिदियो। त्यस पछि बाँकी रहेको पैसा नीतिन र दिनेशको खातामा राखिदिए। तर त्यो पैसा फेरि घुमाएर नीतिन र दिनेशले २३ करोड ९९ हजार ९ सय रुपैयाँ दीपेन्द्र, ज्योति र मित्त मुरारकाको एकाउन्टमा हालिदिए। तर हामीले दिएको त ३३ करोड हो।  पैसा आयो २३ करोड। अनि वाकी रकम ९ करोड ७३ लाख रुपैयाँ माग्दा ब्रोकरले के भन्यो भन्दा ब्रोकरले हामीले त्यो पैसा नीतिन सरलाई दिने हो तपाइलाई दिने होइन भनेर निहुँ खोज्यो। त्यस पछि हामीले ब्रोकर विरुद्ध मुद्दा हाल्यौ। त्यस पछि पक्राउ पुर्जी पनि आयो। अहिले ती चारै जना सञ्चालकहरू फरार छन्। खासमा हामीलाई पैसा नीतिन दिनेशबाट आएको थियो। अहिले आएर तीनै नीतिन र दिनेशले उजुरी हाले। त्यही उजुरीको आधारमा पक्राउ गरिएको हो। हाम्रो निवेदनमा पक्राउ पुर्जी जारी हुँदा प्रहरीले पक्राउ गर्न सकेन। उनीहरू फरार भए। दीपेन्द्रले गल्ती नै गरेको छैन भने किन भाग्ने। दीपेन्द्र भागेनन्। सोही कारण उजुरीको आधारमा प्रहरीले दीपेन्द्रलाई सजिलै पक्राउ गरेको हो।”

दिपेन्द्रक तर्फबाट जुन दलिल प्रवेशले पेस गरेका छन्। त्यो एक तर्फी हेर्दा ब्रोकर कम्पनी र शेयर कारोबार बिचको सेटलमेन्टको किचलो देखिन्छ। धेरै ब्रोकर कम्पनी मार्फत शेयर कारोबार गर्ने अग्रवालको यस अघि पनि ब्रोकर कम्पनीको सेटलमेन्ट नगरेको किचलो बाहिर आएको थियो तर दीपेन्द्र पक्राउ पर्नुको कुनै ठोस कारण प्रहरीको अनुसन्धानबाट आउने नै छ। दोस्रो बजारका लगानीकर्ताले भने सस्तैमा शेयर बेचेका छन्। उसको नामले चिनिएका कम्पनीको शेयर मूल्य सोमबार बेस्सरी घट्यो।      

 

comments powered by Disqus

दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।