Ipo.aspx merolagani - यस कारण सिन्धु विकास बैंकको नाफा उल्लेख्य बढ्यो

यस कारण सिन्धु विकास बैंकको नाफा उल्लेख्य बढ्यो

Jul 22, 2025 07:05 AM Merolagani

सिन्धु विकास बैंक लिमिटेड (SINDU) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ११ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८७.६० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ३ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेपनि खराब कर्जा घट्दा इम्पेरमेन्ट चार्ज रिभर्स भइ बैंकको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३०.१४ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ३४.५३ प्रतिशत घटेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ३०.४९ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४१७.३९ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा १०.६३ प्रतिशतबाट घटेर ६.०३ प्रतिशतमा सीमित भएको छ। फलस्वरुप बैंकको इम्पेरमेन्ट चार्ज १७ करोड ९० लाख रुपैयाँ रिभर्स भएको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १५ रुपैयाँ ६९ पैसा बढेर २१ रुपैयाँ १५ पैसा पुगेको छ। गत असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ४०.९९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ८६ रुपैयाँ ७० पैसा रहेको छ।

५५ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष ७ करोड ४१ लाख रुपैयाँ ऋणात्मक रहेको छ। पछिल्लो १ वर्षमा बैंकको निक्षेप ३.५८ प्रतिशत घटेको छ भने कर्जा ९.३४ प्रतिशत घटेको छ।

comments powered by Disqus

हिमालयन बैंकको एफपीओ बाँडफाँट

Jul 29, 2025 09:14 AM

साउन १३ गते, मंगलबार, हिमालयन बैंक (HBL) को एफपीओ बाँडफाँट भएको छ। बैंकको एफपीओ कमलादी, काठमाडौँस्थित आफ्नै कार्यालयमा आज बिहान ९ बजे बाँडफाँट भएको हो।