Ipo.aspx merolagani - सांग्रिला डेभलपमेन्ट बैंकको वितरणयोग्य मुनाफा उच्च बढ्यो

सांग्रिला डेभलपमेन्ट बैंकको वितरणयोग्य मुनाफा उच्च बढ्यो

Jul 24, 2025 06:57 AM Merolagani

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड (SADBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उच्च बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ४१ करोड ३८ लाख रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१३.८१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको यस्तो मुनाफा १३ करोड १८ लाख रुपैयाँ थियो।

वितरणयोग्य मुनाफा उच्च बढेपनि बैंकको खुद नाफा भने सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको खुद नाफा ६.५१ प्रतिशत बढेर ५३ करोड ७० लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.३६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ९.१५ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ३.३९ प्रतिशत र सञ्चालन मुनाफा १०.०६ प्रतिशत बढेको छ।

वितरणयोग्य मुनाफासँगै बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी पनि उच्च बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ७ रुपैयाँ ८० पैसा बढेर ११ रुपैयाँ ६४ पैसा पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी भने समीक्षा अवधिमा ४० पैसा बढेर १५ रुपैयाँ १० पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३०.६५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ७१ पैसा रहेको छ।

३ अर्ब ५५ करोड ६२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब १ करोड ६८ लाख रुपैयाँ सञ्चित छ बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ५४ अर्ब ६६ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब २ करोड १४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

comments powered by Disqus

हिमालयन बैंकको एफपीओ बाँडफाँट

Jul 29, 2025 09:14 AM

साउन १३ गते, मंगलबार, हिमालयन बैंक (HBL) को एफपीओ बाँडफाँट भएको छ। बैंकको एफपीओ कमलादी, काठमाडौँस्थित आफ्नै कार्यालयमा आज बिहान ९ बजे बाँडफाँट भएको हो।