Ipo.aspx merolagani - सनराइज ब्लुचिप फण्डको नगद लाभांश घोषणा

सनराइज ब्लुचिप फण्डको नगद लाभांश घोषणा

Jul 29, 2025 10:43 AM Merolagani

लक्ष्मी सनराइज बैंकद्वारा प्रबर्द्धन गरिएको लक्ष्मी सनराइज क्यापिटलको योजना व्यवस्थापनमा सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज ब्लुचिप फण्ड SBCF) ले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ।

फण्डले कर सहित १९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। साउन १२ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

comments powered by Disqus