Ipo.aspx merolagani - लक्ष्मी भ्यालु फण्ड २ ले प्रतिफल वितरण गर्ने

लक्ष्मी भ्यालु फण्ड २ ले प्रतिफल वितरण गर्ने

Jul 29, 2025 10:47 AM Merolagani

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी भ्यालु फण्ड २ (LVF2) ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाईधनीहरुका लागि प्रतिफल घोषणा गरेको छ ।

लक्ष्मी भ्यालु फण्ड २ ले कर सहित १५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

साउन १२ गते बसेको फण्डको योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। फण्डको काेष प्रबर्द्धक लक्ष्मी सनराइज बैंक लिमिटेड रहेको छ।

comments powered by Disqus