Ipo.aspx merolagani - कालिका लघुवित्तको नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो

कालिका लघुवित्तको नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो

Jul 30, 2025 06:41 AM Merolagani

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड (KMCDB) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ७ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको यस लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा १० करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ। समीक्षा अवधिमा लघुवित्तको खुद नाफा ३६.४२ प्रतिशत बढेको हो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५०.२९ प्रतिशत र अन्य सञ्चालन आम्दानी ८३.८८ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ५४.९८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९५.८९ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड १९ रुपैयाँ रहेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ५ रुपैयाँ २३ पैसा बढेर २६ रुपैयाँ ५१ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३९.९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ४४ पैसा रहेको छ।

४० करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३५ करोड २४ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तत्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ४ अर्ब ८४ करोड ७४ रुपैयाँ कर्जा लगानी गरेको छ।

comments powered by Disqus

हिमालयन बैंकको एफपीओ बाँडफाँट

Jul 29, 2025 09:14 AM

साउन १३ गते, मंगलबार, हिमालयन बैंक (HBL) को एफपीओ बाँडफाँट भएको छ। बैंकको एफपीओ कमलादी, काठमाडौँस्थित आफ्नै कार्यालयमा आज बिहान ९ बजे बाँडफाँट भएको हो।