Ipo.aspx merolagani - खुद ब्याज आम्दानीसँगै बढ्यो सपोर्ट लघुवित्तको खुद नाफा

खुद ब्याज आम्दानीसँगै बढ्यो सपोर्ट लघुवित्तको खुद नाफा

Jul 24, 2025 07:31 AM Merolagani

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड (SMB) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जिन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४०.६३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद नाफा र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६२.९७ प्रतिशत र अन्य सञ्चालन आम्दानी २७.५५ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ५५.६८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २०९.५९ प्रतिशत बढेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २४ रुपैयाँ ४४ पैसा बढेर ४१ रुपैयाँ ८१ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५५.२२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ६२ पैसा रहेको छ।

१२ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ८ करोड ५२ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १ अर्ब ३३ करोड ४९ लाख रुपैयाँ सापटी तथा ४६ करोड १५ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ९२ करोड ९१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

comments powered by Disqus

दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।