Ipo.aspx merolagani - रसुवा बाढीको बीमा दाबी बढ्दो क्रममा, झन्डै १ अर्ब पुग्यो दाबी

रसुवा बाढीको बीमा दाबी बढ्दो क्रममा, झन्डै १ अर्ब पुग्यो दाबी

Aug 08, 2025 05:55 PM MeroLagani

गत असार २३ गते रसुवामा आएको भीषण बाढी पहिरोका कराण भएको क्षतिको बीमामा झन्डै १ अर्ब रुपैयाँको दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले शुक्रबार अद्यावधिक गरेको विवरण अनुसार ११ वटा बीमा कम्पनीमा ७८ वटा दाबीमा ९८ करोड ५९ लाख ८२ हजार १ सय ५६ रुपैयाँ बराबरको दाबी परेको हो ।

तथ्यांकअनुसार हिमालयन एभरेस्ट इन्स्योरेन्समा सर्वाधिक ५५ करोड रुपैयाँबराबरको दाबी परेको छ। यो २ वटा बीमा दाबीको हो।

यसैगरी शिखर इन्स्योरेन्समा १५ वटा दाबीको १६ करोड ९६ लाख रुपैयाँबराबर दाबी पेश भएको छ। नेपाल इन्स्योरेन्समा १६ वटा दाबीको ८ करोड ७३ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्समा ६ वटा दाबीको ६ करोड ८४ लाख रुपैयाँ, नेको इन्स्योरेन्समा ५ वटा दाबीको ५ करोड ६७ लाख रुपैयाँ, सगरमाथा लुम्बिनीमा २ वटा दाबीको २ करोड ६५ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्समा ३ वटा दाबीको ९१ लाख रुपैयाँ बीमा दाबी भुक्तानीको माग भएको हो ।

त्यस्तै आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १० वटा दाबीबाट ७६ लाख ७० हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ६ वटा बीमाबाट ४७ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ७ वटा दाबीबाट ३१ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्समा ६ वटा बीमा दाबीबाट २८ लाख रुपैयाँ बीमा दाबी भएको हो ।

सम्पत्ति बीमामा बीमकहरुले ६ वटा दाबीको ६१ करोड ४७ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने देखिएको छ। यसैगरी सामुद्रिक बीमातर्फ २२ करोड ४ लाख रुपैयाँ, इन्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ ५ करोड ९५ लाख रुपैयाँ, मोटर बीमा (निजी) तर्फ ५ करोड ५८ लाख रुपैयाँ र मोटर बीमा (सार्वजनिक)तर्फ ३ करोड ५५ लाख रुपैयाँबराबरको बीमा दाबी परेको छ।


comments powered by Disqus

कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।