Ipo.aspx merolagani - एनआईसी एशिया क्यापिटलको ५० प्रतिशत नगद लाभांश पारित

एनआईसी एशिया क्यापिटलको ५० प्रतिशत नगद लाभांश पारित

Sep 04, 2025 11:24 AM Merolagani

एनआईसी एशिया क्यापिटल लिमिटेडको नवौं वार्षिक साधारण सभा हिजो (भदौ १८ गते) बुधबार, क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौँमा सम्पन्न भएको छ।

सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८२ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ।

उक्त सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५० प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ।

उक्त सभामा सञ्चालक समितिको अध्यक्ष सन्तोष कुमार राठीले २० करोड रुपैयाँ चुक्ता पूँजी भएको क्यापिटलले समीक्षा अवधिमा ३० करोड ६० लाख रुपैयाँभन्दा बढी आम्दानी गरी ११ करोड ६४ लाख रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको व्यहोरा जानकारी गराएका थिए।

त्यसैगरी व्यवसाय तर्फ असार मसान्तसम्म ८ लाख डिम्याट खाता खोल्न सफल भएको, म्युचुअल फण्ड सेवा अन्तर्गत ४ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्म ५ वटा योजना मार्फत ५ अर्व ४५ करोड रुपैयाँभन्दा बढी रकम व्यवस्थापन गर्न सफल भएको बताएका थिए। साथै क्यापिटलले नवौं वार्षिक साधारण सभामा प्रस्ताव गरेको लाभांश सहित आफ्नो शेयरधनीलाई हालसम्म २९० प्रतिशत रिर्टन वितरण गर्न सफल भएको व्यहोरा जानकारी गराए।

comments powered by Disqus