Ipo.aspx merolagani - अमेरिकाले पठाएका ३७ नेपाली भाेलि काठमाडौं आइपुग्ने

अमेरिकाले पठाएका ३७ नेपाली भाेलि काठमाडौं आइपुग्ने

Sep 03, 2025 01:04 PM Merolagani

बिनाभिसा बसेका नेपालीलाई अमेरिकाले नेपाल पठाउँदै आएकाे छ । पछिल्लाे पटक अमेरिकाले एकसाथ ३७ नेपालीलाई नेपाल पठाउन लागेकाे हाे ।

अमेरिकाले डिपोर्ट गरेका ३७ नेपाली आज (बुधवार) काठमाडौं आइपुग्ने भनिएपनि प्राविधिक कारण देखाउँदै भाेलि बिहीवार सारिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले जनाएकाे छ । अमेरिकाले उनीहरुलाई चार्टर्ड विमानमार्फत बिहीबार काठमाडौं ल्याएर छाड्ने भएकाे हाे ।

एकसाथ यति ठूलो संख्यामा अमेरिकाले डिपोर्ट गरी पठाएको यो दोस्रो पटक हो । यसअघि २०८२ जेठ २५ गते अमेरिकाले डिपोर्ट गरी पठाएका ३७ जना नेपाली काठमाडौं आइपुगेका थिए । उनीहरुलाई पनि अमेरिकाले चार्टर्ड विमानमा नेपाल पठाएको थियो ।

डोनाल्ड ट्रम्प अमेरिकाको दोस्रो पटक राष्ट्रपति भएयता हालसम्म २१५ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन् ।

comments powered by Disqus

माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा

Aug 29, 2025 06:52 PM

माछापुच्छ्रे बैंक लाभांश घोषणा गरेकाे छ । आज बसेकाे संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश करसहित दिने प्रस्ताव गरेकाे छ ।