कसैले अनुमान पनि गर्न सकिरहेको छैन । किनकी एक वर्षको अवधिमा प्रति औंस सुनको मूल्य करिब १ हजार डलर बढिसकेको छ र अबको एक वर्षपछि के होला ? गत वर्ष सेप्टेम्बरमा प्रति औंस करिब २६ सय मात्रै थियो, यस वर्ष सेप्टेम्बरको शुरुमै ३५५० पुगिसकेको छ ।
सुन सामान्यतया अमेरिकी डलरमा मूल्याङ्कन गरिन्छ र यसको मूल्यको मुद्रासँग उल्टो सम्बन्ध हुन्छ । यदि डलर घट्यो भने सुनको मूल्य सामान्यतया बढ्छ र यसको विपरीत।
त्यहीकारण अहिले डलरको तुलनामा सुनको मुख्य बजार रहेको भारतसहित बेलायत र जापान लगायतका देशहरुको मुद्रा कमजोर बनिरहेकोले सुनको मूल्य दिनहुँ बढिरहेको छ ।

विश्वव्यापीरुपमा सुनको व्यापार गर्ने दुई मुख्य तरिकाहरू छन्।
पहिलो भनेको बार, इन्गट, टाइटेनियम गहना वा सिक्काको रूपमा आफ्नो हैसियतले भेटेजति खरिद गरेर राख्नु हो ।
दोस्रो तरिका भनेको वित्तीय उत्पादनहरूको रुपमा दैनिक, साप्ताहिक वा मासिकरुपमा व्यापार गर्नु हो ।
अहिले यी दुवै तरिकाबाट सुनको खरिद विक्री विश्वव्यापी रुपमा बढेको छ ।
सुनको ऐतिहासिक रूपमा सामान्य प्रतिफल मात्र उत्पादन गरेको छ, युक्रेन र गाजामा युद्ध र संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धले घेरिएको अशान्त अन्तर्राष्ट्रिय वातावरणको बीचमा विगत दुई वर्षमा यसको मूल्य रकेटको गतिमा बढेको छ ।
सुन क्षेत्रका जानकारहरुकाअनुसार विश्वभरि नै सरकार, वित्तीय संस्थाहरू र शेयर बजारप्रति अविश्वास गर्ने लगानीकर्ताहरूले पनि सुनलाई नै प्राथमिकता दिन्छन् किनभने यो भौतिक रूपमा स्वामित्व र भण्डारण गर्न सकिने वस्तु हो ।
अष्ट्रेलियाका चर्चित वित्तीय बजार विश्लेषक काइल रोड्डाको भनाइमा सुनको मूल्यको सोझो सम्वन्ध बैंकको व्याजदरसँग हुन्छ । बैंकको ब्याजदर बढ्यो भने लगानीकर्ताहरु बैंकमा पैसा राख्नु सुरक्षित मान्छन् । तर, जब वैंकको ब्याजदर घट्छ वा मानिसहरुमा बैंकिङ क्षेत्रप्रति विश्वास घट्दै जान्छ, तब मानिसहरु सुरक्षित लगानीको क्षेत्र खोज्छन् । त्यस्को लागि सुन सबैभन्दा सुरक्षित लगानीको क्षेत्रको रुपमा रहेको छ ।
'डलर बाहेक अन्य मुद्राहरूमा कारोबार गर्ने विदेशी लगानीकर्ताहरूले अमेरिकी मुद्राको गिरावटसँगै बढी सुन किन्न पनि सक्छन्, किनकि उनीहरूले आफ्नो पैसाको लागि बढी मूल्य पाउनेछन्,' रोड्डाको भनाइ छ ।
त्यस्तै अस्ट्रेलियाको केसीएम ट्रेडका प्रमुख बजार विश्लेषक टिम वाटररको भनाइमा अनिश्चितता वा उथलपुथलको अवधिमा लगानीकर्ताहरूले सुनलाई लामो समयदेखि मन पराउँदै आएका छन् किनभने यसको मूल्य अपेक्षाकृत स्थिर मानिन्छ, विशेष गरी स्टक मार्केटको तुलनामा ।
'वित्तीय बजारले घृणा गर्ने एउटा कुरा अनिश्चितता हो, र यस्ता परिदृश्यहरूमा, सुन सामान्यतया व्यापारीहरूको लागि जाने सम्पत्ति हो,’ वाटररले अल जजीरासँग भनेका छन् ।
सुन किन सुरक्षित ?
सुन हजारौं वर्षदेखि मुद्राको रूपमा प्रयोग हुँदै आएको छ र यो अस्थिरताका समयमा सुरक्षित लगानी मानिन्छ। मुद्राको मूल्य मुद्रास्फीति वा अत्यधिक छपाइका कारण घट्न सक्छ तर सुन सीमित स्रोत भएकाले यसले आफ्नो मूल्य कायम राख्छ । बरु कुनै देशको मुद्रा केही सीमित मुलुकमा मात्र चल्न सक्छ, डलर वा युरोबाहेक । उता सुन भने विश्वव्यापी रूपमा स्वीकार्य छ।
इतिहासले सुनलाई सुरक्षित सम्पत्तिको रूपमा मान्ने जनधारणा बलियो बनाएको छ। सन् २००८ मा अमेरिकी आवास संकटले बजारलाई तहसनहस गर्दा सुनको मूल्य पहिलो पटक हजार डलरप्रति आउन्स पुगेको थियो। त्यसपछि सुनको मूल्य केही घटेको थियो, खासगरी २०११ को सेप्टेम्बरपछि । सन् २०१२ पछि भने डलरको मूल्य उच्च दरमा बढेर एक हजार नौ सय डलर पुगेर कीर्तिमान बनाएको थियो।
सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण गरेपछि सुनको मूल्य दुई हजार ७० प्रतिआउन्स पुगेको थियो । त्यसयता त झन दिनहुँरुपमा सुनको मूल्य बढिरहेको छ । साथसाथै कारोबार पनि बढेको छ ।
सन् २०२४ मा विश्वभर सुनको माग करिब ३८२ अर्ब अमेरिकी डलर बराबरको ४९७४ मेट्रिक टन पुग्यो । यो वर्षको अवस्था हेर्दा त्यो भन्दा धेरै कारोबार हुने देखिन्छ ।
विश्व सुन काउन्सिलको आँकडाअनुसार भारतसँग ८७६ टन सुन ढुकुटीमा छ भने चीनसँग २,२७९ टन छ। सबैभन्दा धेरै अमेरिकासँग ८,१३३ टन रहेको देखिन्छ। नेपालको आँकडा त्यसमा देखाइएको छैन।