Ipo.aspx merolagani - पिपुल्स पावरको लिलामी शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन

पिपुल्स पावरको लिलामी शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन

Sep 07, 2025 09:42 AM Merolagani

पिपुल्स पावर लिमिटेड (PPL) ले भदौ १५ गतेदेखि लिलामी बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज (भदौ २२ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले गत असार २२ गतेदेखि साउन २६ गतेसम्म निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्री गरेको हो। कम्पनीले ३ लाख ९१ हजार ७७९ कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा ल्याएको हो।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शयर संख्याको लागि कुनै हद तोकिएको छैन।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकका विराटनगर, वीरगंज, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

comments powered by Disqus

गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।