Ipo.aspx merolagani - छ्याङ्दी हाइड्रोपावर लिलामी शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन

छ्याङ्दी हाइड्रोपावर लिलामी शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन

Aug 06, 2025 08:31 AM Merolagani

छ्याङ्दी हाइड्रोपावर लिमिटेड (CHL) ले साउन १४ गतेदेखि लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज (साउन २१ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले १ बराबर १ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्री गरेको हो। कम्पनीले २ लाख ९८ हजार ८३२ कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्री गरेको हो।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शयर संख्याको लागि कुनै हद तोकिएको छैन।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकका बिर्तामोड, हनुमानदास रोड–विराटनगर, जनकपुर, आर्दशनगर–वीरगंज, हेटौँडा, नारायणगढ, न्यूरोड–पोखरा, बुटवल–मिलनचोक, बाग्लुङ, नेपालगंज–त्रिभुवन चोक, सुर्खेत, घोराही–दाङ, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

comments powered by Disqus

कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।