Ipo.aspx merolagani - दशैंमा नयाँ गाडी किन्ने सोच्नुभएको छ ? यी हुनसक्छन् तपाईको रोजाइ

दशैंमा नयाँ गाडी किन्ने सोच्नुभएको छ ? यी हुनसक्छन् तपाईको रोजाइ

Sep 28, 2025 05:55 PM merolagani

दशैंमा धेरेको चाहना हुन्छ कि नयाँ गाडी किन्ने र सरर गाउँमा आफ्नै सवारीमा पुग्ने ।

दशैंका बेला गाडी खरिद गर्दा विभिन्न अफर तथा छुट पाइने हुँदा पनि आम ग्राहकले गाडी किन्ने सिजन दशैं नै पर्खिरहेका हुन्छन् ।

दशैंमा गाडी किन्ने सोचले बसेका ग्राहकले अहिले बजारमा आएका विभिन्न ब्रान्डका नयाँ गाडीहरु खरिद गर्न सक्छन् । यसअघि नाइमा मोबिलिटी एक्स्पो २०२५ र नाडा अटो शो २०२५ का अवसरमा पनि विभिन्न कम्पनीहरुले नयाँ गाडीहरु सार्वजनिक गरिसकेका छन् ।

अटो मेलामा मात्र होइन् अरु समयमा पनि ग्राहकले नयाँ गाडीको बुकिङ गर्न सक्छन् । हुन त विभिन्न अटो कम्पनीहरुले पनि दशैं आउनुभन्दा अघि देखि नै नयाँ ब्रान्डका सवारीहरुको बिक्री खुला गरेका थिए ।

दशैंमा किन्न सकिने नयाँ मोडलका गाडी र त्यसको मूल्य निम्न छनः

प्रोटोन कम्पनीले जगदम्बा मोटर्समार्फत नेपालमा मास ७ इलेक्ट्रिक गाडी सार्वजनिक गरेको छ । जसको प्राइम मूल्य ५६ लाख ९९ हजार रुपैयाँ देखि प्रिमियम गाडीको मूल्य ६७ हजार ९९ हजार रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, एसपीजी अटोमोबाइल्स कम्पनीले नाइमा मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक गरेको जाइको जे–५ नामको प्रिमियम एसयूभी सार्वजनिक गरेको थियो । जसको मूल्य ५६ लाख ९९ हजार देखि ६० लाख ९९ हजार रुपैयाँसम्म पर्छ ।

त्यस्तै, बीवाइडीले अट्टो–१ दुईवटा भेरियन्टमा सार्वजनिक भएका छन् । बिवाइडी डाइनेमिक इभीको मूल्य २८ लाख ९५ हजार रुपैयाँ र प्रिमिय इभीको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ पर्छ ।

त्यस्तै, हुन्डाइ नेपालले क्रेटा इलेक्ट्रिक गाडी समेत सार्वजनिक गरेको छ । क्रेटा इलेक्ट्रिक एक्सक्लूसिभ ५१ लाख ५६ हजार रुपैयाँ र क्रेटा इलेक्ट्रिक प्रिमिय गाडीको मूल्य ५९ लाख ५६ हजार रुपैयाँमा खरिद गर्न सकिन्छ ।

त्यस्तै, दीपालको एसजेरो ५ इभी पनि केही महिनाअघि सार्वजनिक भएको गाडी हो । जसको मूल्य टप भेरियन्टको ५६ लाख ९९ हजार रुपैयाँ पर्छ ।

त्यसबाहेक दशैंमा आम ग्राहकले महिन्द्रा बीई–६ इभी, डोङफेङ्ग फर्थिङ फ्राइडे इभी, म्यासस मिफा ७ इभी, सनलङ इलेक्ट्रिक माइक्रो भ्यानलगायत अन्य नयाँ ब्रान्डका गाडीहरु समेत खरिद गर्न सक्नेछन् ।

comments powered by Disqus

सिटिजन्स बैंकले घोषणा गर्यो लाभांश

Sep 26, 2025 12:09 PM

सिटिजन्स बैंकले आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।