Ipo.aspx merolagani - प्राधिकरणले काट्यो शिवम, घोराही र अर्घाखाची सिमेन्ट तथा जगदम्बा स्टिल, रिलायन्स स्पेनिङ मिल्स, त्रिवेणी स्पेनिङ मिल्सको लाइन

प्राधिकरणले काट्यो शिवम, घोराही र अर्घाखाची सिमेन्ट तथा जगदम्बा स्टिल, रिलायन्स स्पेनिङ मिल्स, त्रिवेणी स्पेनिङ मिल्सको लाइन

Oct 21, 2025 11:31 AM merolagani

डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले मंगलबार बिहानदेखि शिवम सिमेन्ट र घोरोही सिमेन्टसहित ६ उद्योगको लाइन काटेको छ।

प्राधिकरणले शिवम सिमेन्ट, घोराही सिमेन्ट, जगदम्बा स्टिल, रिलायन्स स्पेनिङ मिल्स, त्रिवेणी स्पेनिङ मिल्स र अर्घाखाची सिमेन्टको लाइन काटेको हो । यी उद्योगको विद्युत महसुल बक्यौता अत्याधिक रहेको बताइएको छ।

प्राधिकरणले बक्यौता रकम तिर्न कात्तिक २ गतेसम्मको समय दिएको थियो । प्राधिकरणको ताकेतापछि १२ वटा उद्योगले बक्यौता रकम तिरेका छन्।

बक्यौता रकम तिर्नेबित्तिकै लाइन जोडिने प्राधिकरणले जनाएको छ।

comments powered by Disqus

अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट, कारण यस्तो

Oct 22, 2025 06:06 AM

२१ अक्टोबर, अर्थात मंगलबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट देखिएको छ। पछिल्ला केही महिनादेखि उच्च दरमा बढेर दैनिक जसो नयाँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यमा मंगलबार करिब ६ प्रतिशतसम्मको गिरावट भएको छ।