Ipo.aspx merolagani - मेयर बालेनले राेष प्रकट गर्दै भने – चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?

मेयर बालेनले राेष प्रकट गर्दै भने – चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?

Oct 22, 2025 08:17 PM merolagani

महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेस, नेकपा (एमाले)लगायत आलोचकप्रति तिखो टिप्पणी गरेका छन् ।

बुधबार (कात्तिक ५) बेलुका सामाजिक सञ्जालमार्फत उनले आन्दोलनका क्रममा कांग्रेस, एमालेले देश जलाएर बालबालिकालाई दोष दिएको भन्दै रोष प्रकट गरेका छन् ।

‘जेनजी’को प्रदर्शनका क्रममा कांग्रेस, एमालेकै कार्यकर्ताबाट आगजनी गरिएको उनको आरोप छ ।

यस्ताे छ  मेयर बालेनको फेसबुक स्टाटस 

तुइन र काठको पुल बनाउने नेताहरू भन्छन्,
यो देश विदेशीले बिगार्‍यो,
भिसा पाउनलाई तिमीहरूको घर धाउनुपर्छ, 
अरूलाई एजेन्ट भन्छौ !!!
आन्दोलनमा पूरै देश एमालेले कांग्रेसको जलाउँछ, 
कांग्रेसले एमालेको जलाउँछ, दोष आफ्नो बालबच्चालाई दिन्छौ !
चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ !
लाज लाग्दैन ?

comments powered by Disqus

अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट, कारण यस्तो

Oct 22, 2025 06:06 AM

२१ अक्टोबर, अर्थात मंगलबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट देखिएको छ। पछिल्ला केही महिनादेखि उच्च दरमा बढेर दैनिक जसो नयाँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यमा मंगलबार करिब ६ प्रतिशतसम्मको गिरावट भएको छ।