Ipo.aspx merolagani - एक सातामा २० हजार रुपैयाँ बढ्यो सुनको मूल्य, सुन र चाँदी दुबैको मूल्य हालसम्मकै उच्च

एक सातामा २० हजार रुपैयाँ बढ्यो सुनको मूल्य, सुन र चाँदी दुबैको मूल्य हालसम्मकै उच्च

Oct 18, 2025 06:35 AM Merolagani

यस साता नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। यस साता सुनको मूल्य प्रतितोला २० हजार ४०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा २२५ रुपैयाँ बढेको छ।

साताको पहिलो कारोबार दिन अर्थात आइतबार प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको सुन, सोमबार २ लाख ४० हजार ४०० रुपैयाँ, मंगलबार २ लाख ४८ हजार ५०० रुपैयाँ, बुधबार २ लाख ४८ हजार ९०० रुपैयाँ र बिहीबार २ लाख ५० हजार ९०० रुपैयाँ गर्दै दैनिक नयाँ नयाँ रेकर्ड बनाइ शुक्रबार २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको छ।

त्यस्तै, गत आइतबार तोलाको ३ हजार १२५ रुपैयाँमा कारोबार भएको चाँदी, शुक्रबार ३ हजार ३५० रुपैयाँमा कारोबार भएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले ल्याएको भन्सार नीति, विभिन्न देशहरुमा देखिएको युद्धको अवस्था, ब्रिक्स राष्ट्रहरुले बढाएको सुनचाँदीको भण्डारण लगायतका कारणले पछिल्लो समय सुनचाँदीको मूल्य उच्च बढेको विश्लेषणहरुको भनाइ छ।

comments powered by Disqus