दक्षिण कोरियामा चीनका राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता गरेपछि ट्रम्पले यस्तो घोषणा गरेका हुन् । एपेक सिईओ सम्मेलनमा भाग लिन गएका बेला दुई नेताबीच भेटवार्ता भएको हो । चीनसँग चाँडै व्यापार सम्झौतामा हस्ताक्षर हुने बताएका छन् ।
राष्ट्रिय सुरक्षाको कारण देखाउँदै चीनले दुर्लभ खनिज तत्व र धातुको निर्यातमा कडाई गरे पछि अमेरिका र पश्चिमा देशको अर्थतन्त्रमा ठूलो असर पुगेको थियो । भेटवार्ताबारे बेइजिङले आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।