Ipo.aspx merolagani - सुन र चाँदीको मूल्य घट्ने क्रम जारी

सुन र चाँदीको मूल्य घट्ने क्रम जारी

Oct 28, 2025 11:08 AM Merolagani

कात्तिक ११ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले घट्ने क्रमलाई निरन्तरता दिएको छ। यस दिन सुन प्रतितोला २ हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ६० रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात सोमबार यस्तो सुन तोलाको २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार प्रतितोला २ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन भने २ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ।

comments powered by Disqus

यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।