Ipo.aspx merolagani - लाइसेन्स छपाई फेरि पुरानै ढर्रामाः चिप विनाकै लाइसेन्स वितरण गर्ने तयारी

लाइसेन्स छपाई फेरि पुरानै ढर्रामाः चिप विनाकै लाइसेन्स वितरण गर्ने तयारी

Oct 31, 2025 01:41 PM mero lagani

मागअनुसार सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाई र वितरण गर्न नसकेर  वर्षाैदेखि तमासा देखाइरहेको सरकारले जेनजी आन्दोलनको निहुँ पारेर फेरि पुरानै ढर्राको लाइसेन्स वितरण गर्ने तयारी गरेको छ । 

अहिले करिब २५ लाख लाइसेन्स छाप्ने तयारी गरिरहेको यातायात व्यवस्था विभागले अब छापिने लाइसेन्समा चिप हटाउने भएको छ ।

विभागले गत बुधवार सुरक्षण मुद्रण केन्द्रसँग छ महिनाभित्र १२ लाखको सङ्ख्यामा नयाँ प्रकारको स्मार्ट कार्ड छापेर दिने तर त्यसमा चिप नराख्ने सहमति गरेको हो । जेनजी आन्दोलनको कारण प्रिन्टिङ मेशीन क्षतिग्रत भएकोले लाइसेन्समा केही वर्षदेखि राखिदै आएको चिप हटाउन लागिएको दावी विभागका अधिकारीहरुले गरेका छन् । अहिले पनि प्रिन्ट हुन बाँकी रहेका छ लाख वटा चिपयुक्त कार्डहरू भए पनि त्यसलाई समेत वितरण नगरि चिप नराखिएका नयाँ लाइसेन्स छापेर वितरण गर्ने तयारी गरिएको हो ।

नयाँ लाइसेन्समा क्यूआर कोड भने राखिने भएको छ । त्यसमा देखिने र नदेखिने सुरक्षाका विभिन्न ३४ वटा फिचर रहेको विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।

विभागस्रोतका अनुसार तीन वर्षदेखि वितरण हुन नसकेका सवारीचालक अनुमतिपत्रहरू सोही अनुसार क्रमबद्ध रूपमा छापिने र विदेश जानेहरूलाई प्राथमिकता दिइने भएको छ ।

comments powered by Disqus

यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।