Ipo.aspx merolagani - थापाथली क्षेत्रमा महानगरको डोजर

थापाथली क्षेत्रमा महानगरको डोजर

Oct 31, 2025 01:56 PM merolagani

काठमाडौं महानगरपालिकाले थापाथलीको कालमोचनस्थित राममन्दिर परिसरमा बनेका व्यावसायिक टहराहरू भत्काएको छ ।

शुक्रवार महानगरपालिकाले उक्त क्षेत्रमा बनेका टहराहरू डोजर चलाएर हटाएको हो । यि संरचनाहरु गुठी संस्थानको जग्गा हडपेर बनाइएको थियो । गुठी संस्थानको जग्गा हडपेर अस्थायी घर तथा संरचना बनाइएको महानगरपालिकाले जनाएको छ ।

महानगरकाअनुसार यी टहराहरूले मन्दिर परिसरको सौन्दर्यतापूर्ण वातावरणलाई असर पुर्याइरहेको थियो । सार्वजनिक जग्गाको दुरुपयोग भएको थियो । गुठी संस्थानको जग्गा हडपेर यस्ता संरचनाहरू निर्माण गर्ने प्रवृत्ति रोक्न यो अभियान आवश्यक रहेको कामपाले जनाएको छ ।

अस्थायी घर तथा संरचनाहरू हटाउन ३५ दिनको सूचना दिइएको थियो, तर अटेर गरिएपछि डोजर चलाइएको महानगरले जनाएको छ । काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाउने अभियानलाई निरन्तरता दिँदै आएको छ । विशेष गरी २०२२ मा मेयर बालेन्द्र शाहको नेतृत्वमा शुरु भएको यो अभियानले दर्जनौं स्थानमा कारबाही गरेको थियो ।

 

बानेश्वर कम्प्लेक्स, काठमाडौं मल र आरबी कम्प्लेक्समा अवैध पसल तथा संरचनाहरू भत्काइएको थियो । त्यस्तै दरबारमार्ग र न्युरोडमा सार्वजनिक सडक मिचेर बनेका संरचनाहरूमा डोजर चलाइएको थियो । जसले फुटपाथ व्यापार र अव्यवस्थित पार्किङलाई लक्षित गरेको थियो । त्यस्तै असन र इन्द्रचोकमा अस्तव्यस्त पसलहरू हटाएर क्षेत्रलाई सफा र व्यवस्थित बनाइएको छ ।

comments powered by Disqus

यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।