Ipo.aspx merolagani - महाधिवेशन कार्य तालिकाका बिषयमा काँग्रेस महामन्त्रीहरूसँग कार्यवाहक सभापति खड्का असहमत, केन्द्रीय कार्यसमिति बैठक स्थगित

महाधिवेशन कार्य तालिकाका बिषयमा काँग्रेस महामन्त्रीहरूसँग कार्यवाहक सभापति खड्का असहमत, केन्द्रीय कार्यसमिति बैठक स्थगित

Oct 31, 2025 03:13 PM merolagani

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएकाे छ । महाधिवेशन कार्य तालिकाको विषयमा सहमति नजुटेपछि बैठक बस्दै नबसी आइबारसम्मका लागि स्थगित भएको हो ।

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र  विश्वप्रकाश शर्माले मङ्सिर या पुषभित्रमा  महाधिवेशनको  गर्नु पर्ने प्रस्ताव राखे पनि साे प्रस्तावमा कार्यवहाक सभापति पूर्णवहादुर खड्का समहत हुन सकेनन् ।

सहमतिको प्रयासस्वरुप बिहान छलफल भएपनि विवाद कायमै रहेपछि बैठक बस्दै नबसी स्थगित भएकाे हाे ।

काँग्रेसकाे संस्थापन समूहले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने अडान लिइरहेकाे छ । 

comments powered by Disqus

यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।