Ipo.aspx merolagani - भिजिट भिसामा विदेश जान सहज, चार कागज बुझाए पुग्ने

भिजिट भिसामा विदेश जान सहज, चार कागज बुझाए पुग्ने

Oct 31, 2025 03:20 PM MeroLagani

अध्यागमन विभागले भिजिट भिसामा विदेश जानेहरूका लागि सहज बनाएको छ । विभागले शुक्रबार पत्रकार सम्मेलन गरेर अब भिजिट भिसामा विदेश जानेलाई चारवटा कागजात बुझाए सहजरूपमा विदेश जान सकिने बताएको हो ।

भिजिट भिसामा विदेश जानेहरूले अब अध्यागमनमा कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी र सम्बन्धित देशको भिसा देखाउनुपर्नेछ । अन अराइभल भिसा प्राप्त हुने मुलुक भए भिसा देखाउन नपर्ने विभागले जनाएको छ ।

यस्तै, भिजिट भिसामा विदेश जानेले अध्यागमनमा प्रस्थान गर्ने गन्तव्यसम्मको हवाई टिकट देखाउनुपर्नेछ । आफू कुन प्रयोजनका लागि भ्रमणमा जान लागेको, सोको लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयं जिम्मेवार रहनेसमेत व्यहोराको प्रस्थान गर्ने व्यक्तिले गरेको स्वःघोषणा अध्यागमनमा देखाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

विभागले विज्ञप्तिमा ०८० माघ १० देखि लागु भएको छ बुँदे मापदण्डलगायत यसअघि विभिन्न समयमा जारी गरिएका भिजिट भिसासम्बन्धी प्रावधानहरू आजैदेखि खारेज भएको जनाएको छ । गृह मन्त्रालयका ०८२ कात्तिक १३ गतेको मन्त्रीस्तरीय निर्णयबाट भिजिट भिसामा प्रस्थान गर्दा चार थरी कागजात पेस गरेमा प्रस्थान अनुमति दिने गरी निर्णय भएको विभागले बताएको छ ।

comments powered by Disqus

यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।