Ipo.aspx merolagani - ३९ औ दिनमा आएर बोर्ड कर्मचारीले आन्दोलनको स्वरूप फेरे, बोर्ड अध्यक्षको राजीनामा र निर्णय फिर्ता लिनु पर्ने माग

३९ औ दिनमा आएर बोर्ड कर्मचारीले आन्दोलनको स्वरूप फेरे, बोर्ड अध्यक्षको राजीनामा र निर्णय फिर्ता लिनु पर्ने माग

Oct 31, 2025 04:06 PM merolagani

३९ औँ दिन देखि आन्दोलनमा रहेका नेपाल धितोपत्र बोर्डका कर्मचारीले आफ्नो आन्दोलनको स्वरूप फेरेका छन्। यस अघि पेन डाउन गर्दै धर्ना दिइरहेका कर्मचारीले बोर्ड अध्यक्षले समन्वयकारी भूमिका नखेलेको भन्दै राजीनामा गर्नु पर्ने माग अघि सरेका छन्।

बोर्डका कर्मचारीहरूले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त माग अघि सारेका हुन्। उनीहरूले उक्त माग पुरा नभएसम्म अध्यक्षलाई कार्यकक्षमा प्रवेश गर्न नदिने समेत विज्ञप्तिमा भनेका छन्। “कर्मचारीको हित र सञ्चालक बोर्डको विगतको आफ्ना निर्णयको रक्षा गर्दै उभिन नसक्ने बोर्ड अध्यक्ष नैतिकताको आधारमा एक मिनेटका लागि सो पदमा बस्न योग्य छैनन् भन्ने हाम्रो ठम्याई रहेको छ। यसर्थ, बोर्ड अध्यक्षले आफ्नो पदबाट राजीनामा दिई मार्ग प्रशस्त गर्नु पर्दछ, सो नगर्दासम्म बोर्ड अध्यक्षलाई बोर्डको कार्यकक्षमा समेत प्रवेश गर्न दिइने छैन।” जारी विज्ञप्तिमा उल्लेख छ।

नेपाल सरकार अर्थ मन्त्रालयले धितोपत्र बोर्डको सञ्चालक बोर्डले जारी गरेको कार्यविधि खारेज गर्ने राजस्व सचिव स्तरीय निर्णय फिर्ता लिन समेत माग पुन दोहोर्‍याएका छन्। “धितोपत्र बोर्डको सञ्चालक बोर्डले जारी गरेको कार्यविधि खारेज गर्ने राजस्व सचिव स्तरीय निर्णय अविलम्ब फिर्ता लिई बोर्डको स्वायत्तता अक्षुण्ण राख्न नेपाल सरकार सँग जोडदार माग गर्दछौँ” विज्ञप्तिमा भनिएको छ।

अर्थ मन्त्रालयको निर्णयले बोर्डको सञ्चालक बोर्डले गरेको निर्णय खारेज गरेको हुँदा यसबाट कानुनी द्विविधा सृजना भएको र यस्तो परिस्थितिमा कानुनको अन्तिम व्याख्या गर्ने निकाय अदालत भएको हुँदा, सृजित वर्तमान परिस्थितिको न्यायिक निरूपणका लागि सञ्चालक बोर्डले निर्णय गरेमा कर्मचारी युनियन र सङ्गठन तथा कर्मचारीहरूले आन्दोलन टुङ्गाउँदै काम फर्किने प्रतिबद्धता जनाए पनि बोर्ड अध्यक्ष र सञ्चालक बोर्ड न्यायिक निरूपणको लागि अदालत जान सक्ने संविधान तथा ऐन प्रदत्त अधिकार प्रयोग नगर्ने अडान प्रति कर्मचारीहरूले खेद प्रकट गरेका छन्।

comments powered by Disqus

यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।