Ipo.aspx merolagani - माओवादीसँग पार्टी एकता निर्णयप्रति एकीकृत समाजवादीभित्र असन्तुष्टि, दर्जनबढी नेता सामले नहुने

माओवादीसँग पार्टी एकता निर्णयप्रति एकीकृत समाजवादीभित्र असन्तुष्टि, दर्जनबढी नेता सामले नहुने

Oct 31, 2025 05:13 PM merolagani

नेकपा (एकीकृत समाजवादी)का एक दर्जनबढी नेताहरु नेकपा (माओवादी केन्द्र)सँगको एकतामा सामेल नहुने भएका छन् । शुक्रवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी पार्टी केन्द्रीय समितिको बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्ने बताइएको छ ।

यद्यपि पार्टीको विभिन्न जिम्मेवारीमा रहेका एकदर्जनभन्दा बढी नेताहरु एकतामा समाहित नहुने समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले बताइन् । पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले माओवादीसँग वाम एकता नभई पार्टी मर्जर हुन गइरहेकोले आफूसहितका केही नेताहरु एकतामा समाहित नहुने बताइन् । पार्टी मर्जरको प्रक्रियाले वामपन्थी आन्दोलनलाई सुदृढ गर्नुको सट्टा र्पाीभित्र तानाशाही प्रवृत्तिलाई बढावा दिने उनको बुझाई छ । उनले वाम एकताका लागि एमाले लगायत अन्य राजनीतिक दलहरुसँग संवाद समेत नगरेको कारण दुई पार्टीबीचको मर्जरले मात्र विद्यमान समस्या हल गर्न नसकिने बताइन् । वाम आन्दोलनलाई बलियो बनाउने कुरा भन्दा पनि केही नेताहरूको व्यक्तिगत एजेन्डा हाबी भएको कारण आफूहरु पार्टी एकतामा सामेल नहुने उनकोभनाइ छ ।

उनले भनिन्, ‘अहिले वाम एकताको कुरा चलिरहेको छ । यसमा पनि मुख्यतः नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच एकताको कुरा छ एमाले र कमरेड विप्लवलगायतसँग संवाद समेत गरिएको छैन । यी दुई पार्टीबीच एकताको प्रक्रिया टुंगिएको बैठकहरुमा नै ब्रिफिङ गरिसकिएको छ । त्यसो भएको हुनाले यो दुईबीचको मर्जर हो यो । वाम एकता होइन । हामी वाम एकताको पक्षमा छौं । दुई पार्टी मर्ज हुँदा खासै राम्रो परिणाम चाँही दिएन । यस्तो खालको मर्जरले समस्याको समाधान दिँदैन भन्ने मेरो धारणा हो । पार्टीले बहुमतको निर्णय गरेर माओवादीसँग गएपनि एउटा ठुलो पँक्तीले आजदेखि पार्टीका थप अगाडिका कार्यक्रममा सहभागि नहुने निर्णय नै गरेका छौं । किनभने यसले समाधान दिँदैन । झन पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर भएर नेतृत्वमा झन तानाशाही प्रवृत्ति हावी हुने सम्भावना छ ।’

पार्टीले बहुमतको निर्णय गरेर माओवादीसँग जाने निर्णय गरे पनि ठूलो संख्यामा नेता कार्यकर्ताहरू त्यसप्रति असन्तुष्ट रहेको उनको भनाइ छ ।

comments powered by Disqus

यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।