Ipo.aspx merolagani - बन्दीपुर केबलकारको शेयर नेप्सेमा सूचीकृत

बन्दीपुर केबलकारको शेयर नेप्सेमा सूचीकृत

Nov 10, 2025 02:29 PM Merolagani

कात्तिक २४ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड (BANDIPUR) को शेयर सूचीकृत भएको छ। यस दिन कम्पनीको २ करोड ८३ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणमा वितरण गरेको ५८ लाख ६० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको २ करोड २४ लाख ४० हजार कित्ता शेयर गरी कुल २ करोड ८३ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई ९५ रुपैयाँ २४ पैसादेखि २८५ रुपैयाँ ७२ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा भोली मंगलबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित दोस्रो बजारमा कम्पनीको शेयर कारोबार हुनेछ। नेप्सेले कम्पनीलाई (BANDIPUR) स्टक टिकर प्रदान गरेको छ।

 
comments powered by Disqus