Ipo.aspx merolagani - विद्युत बिक्री आम्दानी बढेपछि भगवती हाइड्रोपावरको नाफा बढ्यो

विद्युत बिक्री आम्दानी बढेपछि भगवती हाइड्रोपावरको नाफा बढ्यो

Nov 13, 2025 12:17 PM Merolagani

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (BGWT) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा कम्पनीले १ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९.१७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८४ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा विद्युत बिक्री आम्दानी ४३.०७ प्रतिशत बढेको छ भने कुल आम्दानी २८.५५ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल सञ्चालन खर्च समीक्षा अवधिमा १०.९७ प्रतिशत र कुल गैर सञ्चालन खर्च २८.०२ प्रतिशत बढेको हो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५ रुपैयाँ ९ पैसा बढेर १० रुपैयाँ ८० पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ६० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७२.११ गुणा रहेको छ।

५९ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १६ करोड ४२ लाख रुपैयाँ सञ्चित छ।

comments powered by Disqus

एनआरएन इन्फ्रास्ट्रक्चरले ४२ प्रतिशत लाभांश वितरण गर्ने, बोलायो साधारण सभा

Nov 12, 2025 10:19 AM

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट (NRN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।