Ipo.aspx merolagani - मकर जितुमाया सुरी हाइड्रोपावरको साधारण सभा आह्वान

मकर जितुमाया सुरी हाइड्रोपावरको साधारण सभा आह्वान

Nov 17, 2025 09:18 AM Merolagani

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड (MAKAR) ले मंसिर २६ गते, शुक्रबार, सुर्य इभेन्ट, धुम्बाराही, काठमाडौँमा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।

सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

comments powered by Disqus