Ipo.aspx merolagani - शिवम् सिमेन्ट्सले घोषणा गर्यो लाभांश, साधारण सभा कहिले?

शिवम् सिमेन्ट्सले घोषणा गर्यो लाभांश, साधारण सभा कहिले?

Nov 17, 2025 10:19 AM Merolagani

शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कात्तिक ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसका साथै सो बैठकले मंसिर २५ गते, बिहान साढे १० बजे साधारण सभा बोलाउने निर्णय पनि गरेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर ११ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

comments powered by Disqus