Ipo.aspx merolagani - हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न सगरमाथा जलविद्युतले डाक्यो साधारण सभा

हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न सगरमाथा जलविद्युतले डाक्यो साधारण सभा

Nov 20, 2025 08:56 AM Merolagani

सगरमाथा जलविद्युत कम्पनी लिमिटेड (SMJC) ले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

कम्पनीले मंसिर २६ गते, शुक्रबार, स्मार्ट दरबार, शंखपार्क, काठमाडौँमा पाँचौ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले कम्पनीको कायम चुक्ता पूँजी १ अर्ब १७ करोड ३२ लाख रुपैयाँको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक निुयक्त गर्ने, संस्थागत जमानी सम्बन्धमा, संस्थागत सुशासन सम्बन्धि प्रतिवेदन स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १४ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

comments powered by Disqus