Ipo.aspx merolagani - एनआरएन इन्फ्रास्ट्रक्चरले ४० प्रतिशत बोनस वितरण प्रयोजनार्थ कहिले गर्दैछ बुकक्लोज?

एनआरएन इन्फ्रास्ट्रक्चरले ४० प्रतिशत बोनस वितरण प्रयोजनार्थ कहिले गर्दैछ बुकक्लोज?

Nov 20, 2025 10:21 AM Merolagani

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट (NRN) ले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ। कम्पनीले मंसिर ११ गते बुकक्लोज गर्ने भएको छ।

यस अनुसार मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ २.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। सो लाभांश पारित गर्न कम्पनीले पुस ४ गते, शुक्रबार, आम्रपाली ब्यान्क्वेट, थिरबम सडक, काठमाडौँमा बिहान ९ बजे १३ औँ वार्षिक साधारण सभा बोलाएको छ।

सो सभाले लाभांशका साथै बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

comments powered by Disqus