Ipo.aspx merolagani - एमाले अध्यक्षको उम्मेद्वारी शुल्क १५ हजार, पदाधिकारीको १० हजार

एमाले अध्यक्षको उम्मेद्वारी शुल्क १५ हजार, पदाधिकारीको १० हजार

Dec 15, 2025 02:48 PM merolagani

नेकपा (एमाले) ले निर्वाचन प्रक्रियाका लागि उम्मेद्वारी शुल्क तोकेको छ । 

एमालेले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार तोकेको छ । मंगलबार हुने मतदानका एमालेले पदाधिकारीहरु र केन्द्रीय आयोगका अध्यक्षका लागि १० हजार तोकेको छ । केन्द्रीय सदस्यहरु र आयोगका पदाधिकारीका लागि ५ हजार शुल्क तोकिएको छ ।

नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल प्रतिस्पर्धामा छन् ।

comments powered by Disqus