Ipo.aspx merolagani - राष्ट्र बैंककाे तथ्यांकले अर्थतन्त्रका सबै 'इन्डिकेटर' ठिक ठाक छ भन्ने देखाएपनि किन बजार बढ्न मानेकाे छैन?

राष्ट्र बैंककाे तथ्यांकले अर्थतन्त्रका सबै 'इन्डिकेटर' ठिक ठाक छ भन्ने देखाएपनि किन बजार बढ्न मानेकाे छैन?

Dec 16, 2025 06:11 AM Merolagani

शेयर बजार २६ सयको विन्दुमा टिक्न पनि हम्मे हम्मे परेको छ । राष्ट्र बैंककाे तथ्यांकले अर्थतन्त्रका सबै 'इन्डिकेटर' ठिक ठाक छन् भन्ने देखाएकाे छ तर पनि किन बजार बढ्न मानेकाे छैन? अहिले सबै लगानीकर्ताहरुकाे यही प्रश्न गर्न थालेका छन् ।

नेपाल राष्ट्र बैंकको कात्तिक महिनाको प्रतिवेदन अनुसार निर्यात तथा रेमिट्यान्स आप्रवाहमा आएको सुधारले शोधनान्तर स्थितिमा झनै सुधार भएको छ । रेमिट्यान्स आप्रवाह ३१ प्रतिशतले बढेको छ भने निर्यात ७७ प्रतिशतले बढेको देखिन्छ । 

साथै, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब ५२ करोड पुगेको छ । विदेशी मुद्रा सञ्चितिले १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ । यसरी नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकको बाह्य अर्थतन्त्र राम्रो छ । तर नेपालको आन्तरिक अर्थतन्त्रमा आएको सुस्तता र राजनीति गतिविधिकै कारण लगानीकर्ताहरु ढुक्क भएर लगानी गर्न सकिरहेका छैनन ।

लगानीकर्ताको आत्मविश्वास कमजोर भएकाले बजारले गति नलिएको बुझाई छ । बजारका लागि लगानीकर्ताको आत्मविश्वास नै महत्वपूर्ण भएको देखिएको छ । शेयर बजार प्रति लगानीकर्ताहरु डराउनु पर्ने करण छैन । बजार बढ्नु पर्ने सिजनमा नै छ । तर लगानीकर्ताको आत्मविश्वास कमजोर बन्दा बजारले गति लिन नसकेको शेयर बजारका विश्लेषक सुवास चन्द्र ढुङ्गानाले बताए ।

बैंक तथा वित्तीय संस्थाले पुस महिनाको लागि ब्याजदर घटाएका छन् । प्रणालीमा तरलता बढ्दो अवस्थामा छ । बैंकहरुले आकर्षक अफर सहित सहज प्रकृयाबाट मार्जिन कर्जा प्रवाहमा जोड दिएका छन् ।

बजारमा अपेक्षित सुधार हुन नसकेको हो । शेयर बजारका लागि तत्काल आवश्यक नीतिगत सहज भएको छ । दोस्रो बजारका लागि समग्र अनुकुलता भन्दा आत्मबिश्वासको भुमिका बलियो हुने जानकारहरुको बुझाई छ ।

बजार सूचक लगानीकर्ताको मनोभावनासँग नै उतारचढाब हुने हो । यदि लगानीकर्ताको मनोबल बलियो हुँदा बजारले चर्को ब्याजदर र अप्ठ्यारा नीतिगत व्यवस्थामा पनि राम्रो अंक सहित बढ्ने गरेको लगानीकर्ता तारा फुल्लेलले बताए । विगतमा नै एमाले र काग्रेसको गठबन्धन सरकार बनेपछि अर्थमन्त्रीमा विष्णु पौडेल हुने भएपछि बजार छोटो समयमा नै ठूलो अंकको वृद्धि भएको थियो ।

पूँजी बजारका लागि राजनीतिले धेरै अर्थ राखेको हुन्छ । अहिले लगानीकर्ता अन्योलमा छन् । नेपाली राजनीतिक तरल हुँदा बजार बढ्ने विश्वास हुन नसकेको हो । तर राजनीति परिस्थिती मत्थर बन्दैछ । यसैले अहिलेको बजारमा लगानी गर्न डराउन पर्ने अवस्था नरहेको फुल्लेलको बुझाई छ ।

लगानी बजारको इन्जिन नै लगानीकर्ताको आत्मविश्वास हो । अहिलेको बजारमा लगानीकर्ताहरु पर्खर हेरको अवस्थामा रहेको युवराज भुषालको भनाईछ । बुझने लगानीकर्ताले सुझबुझ पुर्याएर लगानी गर्दा छिटै लाभ लिन सक्ने सम्भावना छ । बजार राजनीतिक परिस्थितीकै कारण साइडवयजमा छ । बजार बढ्न सकेको छैन तर ठूलो अंकको गिरावट पनि भएको छैन । अहिले लगानीकर्ता नाफा भन्दा सुरक्षा चाहेका छन् । यसमा सरकारले सुरक्षाको प्रत्याभुति दिन सक्यो भने बजारले राम्रो गति निर्धारण गर्नेमा दुई मत नभएको भुषालको बुझाई छ ।

comments powered by Disqus