Ipo.aspx merolagani - कुमारी बैंकले ल्यायो ‘ग्रिन हायर पर्चेज कर्जा’ योजना

कुमारी बैंकले ल्यायो ‘ग्रिन हायर पर्चेज कर्जा’ योजना

Dec 15, 2025 05:20 PM merolagani

कुमारी बैंकले ‘ग्रिन हायर पर्चेज कर्जा’ योजना सञ्चालनमा ल्याएको छ । 

दिगो, समावेशी तथा जिम्मेवार बैकिङ्गको नियमित अभ्यास गर्दै दिगो विकासका लक्ष्यहरु हासिल गर्न प्रतिबद्ध रहेको बैंकले जिआईजेड, ग्लोबल ग्रिन ग्रोथ इष्टिच्यूट आदि जस्ता संस्थाहरुद्धारा ब्यवस्थापन तथा प्रर्वद्धन गरिएको सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट नेपाल परियोजना अन्तर्गत साझेदारी गर्दै यो योजना सञ्चालनमा ल्याएको हो ।

यस योजनाअन्तर्गत सार्वजनिक यातायात सेवा प्रवाहमा आवद्ध व्यक्तिहरुले विद्युतीय बस तथा माइक्रो बस खारिद गर्न बैंकबाट कर्जा लिँदा, आर्कषक ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्नुका साथै ऋणीले भुक्तानी गर्नु पर्ने शुरुवाती रकम (डाउन पेमेन्ट)मा परियोजनाबाट निर्धारित अनुदानहरु समेत पाउने छन् ।

त्यसैगरी वर्तमान समयमा इन्धनमा आधारित सार्वजनिक सवारी साधनहरु सञ्चालन गरिरहेका व्यक्तिहरुले आफ्ना सवारी साधनहरुलाई विद्युतीय बस तथा माइक्रो बसमा बदल्नका लागि कर्जा लिन चाहेमा समेत थप अनुदान प्राप्त गर्न सकिने छ । यसका लागि ऋणिहरुले परियोजनामा आवद्ध सवारी साधन आपुर्तिकर्ताहरुबाट विद्युतीय बस तथा माइक्रो बस खरिद गर्नका लागि आवश्यक कागजातसहित कुमारी बैंकको शाखाहरुमा सम्पर्क गर्नुपर्नेछ ।

यस योजनाअन्तर्गत समावेश गरिएका अनुदानहरुले ऋणिहरुको शुरुवाती पूँजीको व्यवस्थापनमा सहुलियत हुन्छ भने सार्वजनिक यातायातमा विद्युतीय सवारी साधनको प्रयोगसँगै प्रदुषण समेत कम गर्न सकिनेजस्ता बहुआयामिक लाभहरु प्राप्त हुने बैंकका दिगो बैकिङ्ग विकास विभागका प्रमुख अर्पण पौडेलले बताए ।

comments powered by Disqus