Ipo.aspx merolagani - नेप्सेसँगै घट्यो कारोबार रकम

नेप्सेसँगै घट्यो कारोबार रकम

Dec 29, 2025 03:10 PM Merolagani

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला ३ कारोबार दिनदेखि बढीरहेको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

सोमबार नेप्से परिसूचक १०.५३ अंक घटेर २६२२.८८ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.४७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६० अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ५ अर्ब ५३ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३७ स्टकको ६९ हजार ५४८ पटकको कारोबारमा ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार रुपैयाँबराबरको १ करोड ३७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन एसवाई प्यानल नेपालको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन ग्लोबल आइएमई समुन्नत योजना २ को इकाईमूल्य करिब १० प्रतिशत बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल नै शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २३ करोड २ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन मञ्जुश्री फाइनान्सको करिब १८ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम साढे १३ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। यस दिन घटेका उपसमूहहरुको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।

comments powered by Disqus

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।