Ipo.aspx merolagani - चीनले कन्डममा आजदेखि लागु हुने गरी उच्च कर लगाएपछि विश्व अर्थतन्त्रमा खैलाबैला

चीनले कन्डममा आजदेखि लागु हुने गरी उच्च कर लगाएपछि विश्व अर्थतन्त्रमा खैलाबैला

Jan 01, 2026 01:39 PM mero lagani

विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनले जनसंख्या सन्तुलन कायम राख्न भन्दै विवाह गर्न र बालबच्चा हुर्काउन प्रेरित गरिरहेका बेला परिवार नियोजनको साधन कण्डममा भने उच्च कर लागु गरेको छ । 

जसअनुसार बिहीबार अर्थात जनवरी १ देखि १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागु गरेको छ । यसले चीनमा सरकारको अपेक्षाअनुसार नै जन्मदर वृद्धि हुने अपेक्षा गरिए पनि आर्थिक क्षेत्रमा भने गम्भिर नकारात्मक असर पार्न सक्ने संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

चीन विश्वको सबैभन्दा ठूलो कन्डम उत्पादक र उपभोक्ता बजारको रूपमा रहँदै आएको छ । तर सरकारले नै उपभोक्तालाई कण्डम प्रयोग गर्न हतोत्साहित गरेपछि अब चीनमा कन्डमको खपत उल्लेखमात्रामा घट्न सक्ने अनुमान गरिएको छ । तर, त्यसले विश्व बजारमा कस्तो प्रभाव पार्छ भन्ने एकिन छैन । अहिले विश्वमा कण्डम बजारको करिब २० प्रतिशत हिस्सा चिनियाँ कण्डमले लिएकाे छ। खासगरि चिनियाँ कम्पनीले उत्पादन गर्ने बायोडिग्रेडेबल कण्डमहरु पछिल्ला बर्षमा युरोप र अमेरिकी बजारमा समेत लोकप्रिय बन्दै गएका छन् ।

चिनियाँ कन्डम बजार सन् २०२५ मा ५.७२ बिलियन अमेरिकी डलर रहेकोमा २०३१ सम्ममा ९.८४ बिलियन अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । चीनका ड्यूरेक्स (रेकिट बेन्किजर) ट्रोजन (चर्च र ड्वाइट) लाइफस्टाइल्स हेल्थकेयर, ओकामोटो इन्डस्ट्रिज कारेक्स बेरहाद, कामदेव, ग्लाइड हेल्थ, फुजी लेटेक्स आदी चीनका प्रख्यात कण्डम ब्राण्ड हुन् ।

चीन सरकारले जनवरी १ देखि लागु गरेको कर वृद्धिले कण्डमको आन्तरिक र बाह्रय व्यापार घट्न सक्ने र त्यसले चिनियाँ अर्थतन्त्रलाई समेत नकारात्मक असर पार्न सक्ने आंशका गरिएको छ । तर, जनसंख्याको असन्तुलन हटाउनको लागि कण्डमको बजार खल्बलिँदा पर्ने असरलाई चीन सरकारले बेवास्ता गरेको देखिएको छ ।

चीनको जनसङ्ख्या लगातार तीन वर्ष खुम्चिएको देखाएको छ । सन् २०२४ मा केवल ९५ लाख ४० हजार बच्चाहरू जन्मेका छन् भने सन् २०२५ मा त्यसमा अझ संकुचन आएको अनुमान गरिएको छ ।
बढ्दो जनसंख्या नियन्त्रण गर्न भन्दै चीनले सन् १९९४ देखि एक सन्तान नीति लागू गरेको थियो । उक्त नीतिका कारण जनसंख्या वृद्धिदर नियन्त्रणमा आएपनि त्यसले असन्तुलन ल्याएको थियो । त्यहीकारण केही वर्ष अघि त्यो निर्णय हटाएर धेरै सन्तान जन्माउन प्रेरित गर्दै आएको छ । तर, पनि जन्मदर नबढेपछि अहिले कण्डमलगायत परिवार नियोजनका साधनहरुलाई अत्यधिक महंगो बनाएर ‘डाइरेक्ट सेक्स’लाई प्रेरित गरेको छ । साथै बच्चाको पालन पोषण र शिक्षामा सरकारले सहयोग गर्ने कार्यक्रमहरु लागु गरिएको छ ।

comments powered by Disqus

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।