Ipo.aspx merolagani - टोयटाको अर्बन क्रुजर इभी आउँदाे साता लन्च हुने, यस्ता छन फिचर र सुविधा

टोयटाको अर्बन क्रुजर इभी आउँदाे साता लन्च हुने, यस्ता छन फिचर र सुविधा

Jan 11, 2026 02:57 PM merolagani

टोयटाको अर्बन क्रुजर इभी एसयूभी जनवरी १९ मा सार्वजनिक हुने भएको छ ।

यो विशेषगरी टोयटाको मारुती सुजुकी ईभिताराकै नयाँ संस्करणमा कम्पनीले निर्माण गरी भारतीय अटो बजारमा सार्वजनिक गर्दैछ । जसमा ब्रान्डमा विशिष्ट डिजाइनमा निर्माण गरिएको छ ।

मध्यम आकारको एसयूभी खण्डमा टोयटाको अर्ब क्रुजर इभीले महिन्द्राको बीई ६, हुन्डाइ क्रेटा इलेक्ट्रिक, एमजी जेडएस इभीसँग प्रतिष्पर्धा गर्ने कम्पनीको दाबी छ ।

यो एसयूभीको मूल्य आगामी दिनमा घोषणा गरिने भएता पनि इभी भेरिन्टको भएकाले न्युनतम २१ लाख भारतीय रुपैयाँ र शीर्ष भेरियन्टका लागि २६ लाख भारतीय रुपैयाँ मूल्य रहने अपेक्षा गरिएको छ ।

कम्पनीका अनुसार, यो एसयूभीका पावरट्रेन स्पेसिफिकेसन, सुविधाहरु र अन्य प्रमुख विवरणहरु अझै गोप्य छन् । यद्यपी, नयाँ टोयटा इलेक्ट्रिक एसयूभीले इभितारासँगै ४९ किलोवाट र ६१ किलोवाट ब्याट्री प्याकहरु साझा गर्ने सम्भावना छ ।

दुवै ब्याट्रीहरु अगाडी एक्सल माउन्ट गरिएको इलेक्ट्रिक मोटरसँग जोडिनेछ । सानो ब्याट्री प्याकले अधिकतम १४४ बीएचपी पावर उत्पादन गर्छ । जबकि ठूलो ब्याट्रीले १७४ बीएचपी पावर प्रदान गर्छ । टोयटा अर्बन क्रुजर इभीले एक पटक चार्ज गर्दा ५०० किलोमिटर भन्दा बढीको ड्राइभिङ दायरा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

यसमा १०.१ इन्च टर्चस्क्रीन इन्फोटेनमेन्ट प्रणाली, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, १०.२५ इन्च डिजिटल ड्राइभर डिस्प्ले, १० तर्फी इलेक्ट्रिक समायोजन हुने ड्राइभर सिटहरु, इन्फिनिटी साउन्ड सिस्टम, वायरलेस फोन चार्जर, ग्लास रुफ, सात एयरब्याग, ३६० डिग्री क्यामेरालगायतका फिचरहरु उपलब्ध छन् ।

 

 

comments powered by Disqus

यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।