Ipo.aspx merolagani - अझै सकिएन कांग्रेसको तमासा, मतदानको समय सारेर मिल्नको लागि नेताहरुको दौडधुप, सभापतिमा दावेदारी गरेका ४ जना को को हुन् ?

अझै सकिएन कांग्रेसको तमासा, मतदानको समय सारेर मिल्नको लागि नेताहरुको दौडधुप, सभापतिमा दावेदारी गरेका ४ जना को को हुन् ?

Jan 13, 2026 06:10 PM mero lagani

केही दिनदेखि चलिरहेको नेपाली कांग्रेस भित्रको तमासाको पटाक्षेप अझै हुन सकेको छैन । 

दुवै पक्षका नेताहरु पार्टी फुट्न नदिन भन्दै रात दिन दौडधुप गरे पनि दुवै पक्ष आ-आफ्नो अडानमा कायम रहँदा टुंगोमा पुग्न सकेको छैन । खासगरि पार्टी सभापति शेरबहादुर देउवालाई अवकाश दिने विषय पेचिलो बन्दै गएको बताइएको छ ।

यता, विशेष महाधिवेशनको क्रममा निर्वाचन कार्यक्रम शुरु भइसकेपनि मंगलबार रातीको लागि तोकिएको मतदान बुधबारको लागि सारिएको छ । रातभरिमा संस्थापनसँग सम्झौता गरेर पार्टी फुटबाट जोगाउने अन्तिम प्रयासस्वरुप मतदानको समय सारिएको विशेष महाधिवेशन पक्षधर नेताहरुले बताएका छन् ।


निर्वाच निर्वाचन समितिका अनुसार नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थलबाट चार जनाले सभापति उम्मेदवारको फारम लगेका छन् । सभापति उम्मेदवारी दिन लागेका ४ जना को को हुन् भन्ने बारेमा भने निर्वाचन समितिले कुनै जानकारी दिएको छैन ।

comments powered by Disqus

यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।