Ipo.aspx merolagani - सातामा झिनो अंक घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

सातामा झिनो अंक घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Jan 31, 2026 06:08 AM Merolagani

यस साता नेप्से परिसूचक झिनो अंक घटेको छ। गत साता २७१४.६१ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.०२ प्रतिशत अर्थात ०.५६ अंक घटेर २७१४.०५ विन्दुमा बन्द भएको छ।

यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन घटेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स २.७४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०७ अंक घटेको छ।

नेप्से घटेपनि यस साता कारोबार रकम भने बढेको छ। गत साता दैनिक औषतमा ९ अर्ब ५६ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १४ अर्ब ७ करोड रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ४७.१४ प्रतिशत बढेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ५१.७७ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ३८.८० प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि सामान्य घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब ५७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ९ करोड रुपैयाँ घटेर ४५ खर्ब ५६ अर्ब रुपैयाँमा सीमित भएको छ।

१३ उपसमूहमध्ये यस साता ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.९३ प्रतिशत बढेको छ। गत साता ३४९५.४४ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १०२.५० अंक बढेर ३५९७.९४ विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १४२.२६ अंक बढेको छ। गत साता ७३८०.१० विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता १.९३ प्रतिशत बढेर ७५२२.३६ विन्दुमा पुगेको छ।

यस साता अन्य उपसमूहको परिसूचक सर्वाधिक १.७५ प्रतिशत घटेको छ। गत साता २४१७.९२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४२.२४ अंक घटेर २३७५.६८ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी १४८.८९ घटेको छ।

यस साता त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक २८.७३ प्रतिशत बढेको छ। गत साता ४२५ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको सो कम्पनीको शेयर यस साता ५४८ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस आँखु खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब २८ प्रतिशत बढेको छ भने एसवाई प्यानल नेपालको शेयरमूल्य करिब साढे १३ प्रतिशत बढेको छ। यस साता एक्सेल डेभलपमेन्ट बैंक्को शेयरमूल्य सर्वाधिक ८.३८ प्रतिशत घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावट दर भने ८ प्रतिशतभन्दा कम रहेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता साल्ट ट्रेडिङ्ग कर्पोरेशन, एनआईबिएल स्टेबल फण्ड, एनआईसी एशिया सेलेक्ट ३० (इण्डेक्स फण्ड) लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने ग्रीन भेन्चर्स, मिथिला लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

comments powered by Disqus

अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।