Ipo.aspx merolagani - नाफासँगै बढ्यो डिप्रोक्स लघुवित्तको प्रतिशेयर आम्दानी

नाफासँगै बढ्यो डिप्रोक्स लघुवित्तको प्रतिशेयर आम्दानी

Feb 05, 2026 09:19 AM Merolagani

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड (DDBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ४४ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८०.३० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २४ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य बढे पनि इम्पेरमेन्ट चार्ज घटेका कारण लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६.६७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २.५१ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ५.९४ प्रतिशत र सञ्चालन मुनाफा ७१.५१ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २३ करोड ३७ लाख रुपैयाँ रहेको लघुवित्तको इम्पेरमेन्ट चार्ज, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड १ लाख रुपैयाँ रिभर्स भएको छ। जसका कारण लघुवित्तको खुद नाफा र सञ्चालन मुनाफा उल्लेख्य बढेको हो।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १८ रुपैयाँ ६१ पैसा बढेर ४७ रुपैयाँ ४१ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १७.४२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २२१ रुपैयाँ १३ पैसा रहेको छ।

पुस मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ८५ करोड ३८ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ९१ रुपैयाँ ४१ पैसा रहेको छ।

१ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २ अर्ब २६ करोड ३० लाख रुपैयाँ सञ्चित छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले २२ अर्ब ४२ करोड ९३ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट २५ अर्ब ४५ करोड २९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।

comments powered by Disqus

भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।