Ipo.aspx merolagani - खुद ब्याज आम्दानी बढेपछि एनआईसी एशिया लघुवित्तको खुद नाफा उल्लेख्य बढ्यो, प्रतिशेयर आम्दानी कति?

खुद ब्याज आम्दानी बढेपछि एनआईसी एशिया लघुवित्तको खुद नाफा उल्लेख्य बढ्यो, प्रतिशेयर आम्दानी कति?

Jan 30, 2026 10:26 AM Merolagani

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड (NICLBSL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १ करोड ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४६.४६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४२ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६४.६३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ९३.९८ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ६२.२६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ५०७.७७ प्रतिशत बढेको छ। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा भने ३९ करोड २० लाख रुपैयाँ ऋणात्मक रहेको छ। लघुवित्तको प्रतिशेयर वितरणयोग्य मुनाफा ४५ रुपैयाँ ७ पैसा ऋणात्मक रहेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १ रुपैयाँ ६८ पैसा बढेर २ रुपैयाँ १६ पैसा पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ३० पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात २५८.३६ गुणा रहेको छ।

१ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३८ करोड ७९ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा लघुवित्तले २० अर्ब ५४ करोड ८७ लाख निक्षेप तथा सापटीबाट १८ अर्ब ७८ करोड १८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

comments powered by Disqus

अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।