Ipo.aspx merolagani - बुद्धभूमि नेपालको शेयरमूल्य समायोजन

बुद्धभूमि नेपालको शेयरमूल्य समायोजन

Feb 13, 2026 06:00 AM Merolagani

फागुन १ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड (BNHC) को शेयरमूल्य समायोजन भएको छ। हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

यस दिन नेप्सेले कम्पनीको शतप्रतिशत हकप्रद शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ३१३ रुपैयाँ १० पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ५२६ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आगामी सोमबार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

comments powered by Disqus