Ipo.aspx merolagani - ६ कम्पनीको शेयरमूल्य समायोजन

६ कम्पनीको शेयरमूल्य समायोजन

Jan 01, 2026 06:57 AM Merolagani

पुस १७ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ६ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैंक, महुली लघुवित्त वित्तीय संस्था, चिलिमे हाइड्रोपावर कम्पनी, अप्पर हेवाखेला हाइड्रोपावर कम्पनी र नेशनल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। यही समायोजित मूल्यका आधारमा आज दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

comments powered by Disqus

मादुरो अमेरिकी नियन्त्रणमा परेपछि भेनेजुएलाको शेयर बजारले रेकर्ड तोड्यो

Jan 06, 2026 02:20 PM

विश्व राजनीतिमा निकै विरलै देखिने दृश्य भेनेजुएलाको शेयर बजारमा देखिएको छ। ३ जनवरी २०२६ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी नियन्त्रणमा परेपछि त्यहाँको स्थानीय शेयर बजार 'काराकास स्टक एक्सचेन्ज' (Bolsa de Valores de Caracas) मा लगानीकर्ताको उत्साहले नयाँ रेकर्ड कायम गरेको छ।