Ipo.aspx merolagani - नासा सेक्यूरिटीजले २ करोड रुपैयाँसम्मको मार्जिन ट्रेडिङ सुविधा दिने

नासा सेक्यूरिटीजले २ करोड रुपैयाँसम्मको मार्जिन ट्रेडिङ सुविधा दिने

Feb 16, 2026 06:06 PM Merolagani

नासा सेक्यूरिटीजले सोमबारबाट मार्जिन ट्रेडिङ कारोबार शुरु गरेको घोषणा गरेको छ । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुबिधा सम्बन्धि निर्देशिका, २०८२ लागु गरेपश्चात नासाले शेयर ब्रोकरबाटै कर्जा लिएर शेयर खरिद गर्न सक्ने सुविधा दिन शुरु गरेको हो ।

कम्पनीका अनुसार अब लगानीकर्ताहरूले नासा सेक्यूरिटीजबाट ऋण लिएर शेयर खरिद गर्न सक्नेछन्, जसले उनीहरूलाई आकर्षक लगानी अवसरहरू सदुपयोग गर्न सक्षम बनाउनेछ । विभिन्न प्रकारका ग्राहक तथा उनीहरूको ऋण आवश्यकतालाई सहज रूपमा सम्बोधन गर्न उक्त ऋण संरचना लचिलो र ग्राहक–मैत्री बनाइएको कम्पनीले बताएको छ ।

नासाले मार्जिन कारोवार सुबिधा सम्बन्धि निर्देशिका, २०८२ अन्तर्गत नयाँ योजना तथा स्किमहरू प्रस्तुत गरेको हो । यसले हरेक ग्राहकको मार्जिन आवश्यकतालाई ध्यानमा राखेर तयार पारिएको सुविधा प्रदान गर्ने कम्पनीको भनाइ छ ।

कम्पनीको मार्जिन ट्रेडिङ्ग योजनाअन्तर्गत यदि कुनै ग्राहकले १० लाख रुपैयाँ बराबरको मार्जिन प्रोडक्ट लिन चाहन्छ भने उसले केवल ३० प्रतिशत प्रारम्भिक मार्जिन (३ लाख रुपैयाँ) राखी कारोबार सुरु गर्न सक्नेछन् र ७ लाख रुपैयाँ कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सक्नेछन् । यस योजना अनुसार यदि ऋणको अवधि १ महिना भएमा त्यसमा सेवा शुल्क तथा ब्याज गरी जम्मा ७ हजार रुपैयाँ लाग्ने कम्पनीले बताएको छ। सोही रकमको ऋण २ महिनाका लागि लिएमा सेवा शुल्क तथा ब्याज गरी १३ हजार ६५० रुपैयाँ र ३ महिनाका लागि लिएमा सेवा शुल्क तथा ब्याज गरी १९ हजार ९५० लाग्ने कम्पनीले जानाएको छ ।

यसका अतिरिक्त कम्पनीले १० लाख रुपैयाँदेखि २ करोड रुपैयाँसम्मका योजना तथा अफरहरू उपलब्ध गराएको छ जसको अवधि १ महिनादेखि ३ महिनासम्मको रहनेछ । नासा सेक्यूरिटीजबाट मार्जिन ट्रेडिङ्ग सेवा लिन इच्छुक जो कोही ग्राहकले आफ्नो मार्जिन डिम्याट खाता तथा मार्जिन ट्रेडिङ्ग खाता नासामै खोल्नुपर्ने कम्पनीले जनाएको छ । ग्राहकहरूले सेबोनद्वारा जारी निर्देशिका अनुसार मार्जिन ट्रेडिङका लागि योग्य कम्पनीहरूको सूची भित्र मात्र कारोबार गर्नुपर्नेछ ।

comments powered by Disqus

नेप्सेले तोकेको ओपनिङ रेन्जमा रिलायन्स स्पिनिङ मिल्सको असन्तुष्टि

Feb 14, 2026 09:36 AM

'कम्पनीको वास्तविक वित्तीय अवस्थालाई बेवास्ता गरियो' रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफ्नो शेयरको पहिलो कारोबारका लागि तोकेको मूल्य सीमा (ओपनिङ रेन्ज) प्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ।