Ipo.aspx merolagani - सुन र चाँदीको मूल्यमा निरन्तर वृद्धि

सुन र चाँदीको मूल्यमा निरन्तर वृद्धि

Feb 23, 2026 10:57 AM Merolagani

फागुन ११ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । आईतबार बढेको सुन र चाँदी दुबैको मूल्य, यस दिन पनि बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार सुन प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यस दिन सुन प्रतितोला ३ हजार २०० रुपैयाँ बढेको हाे ।

यस दिन चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार यस दिन चाँदीको मूल्य प्रतितोला १७० रुपैयाँले बढेको हो । आजको बजारमा चाँदी प्रतितोला ५ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार ५ हजार ४२५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

 
comments powered by Disqus

मैले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेको छु: अध्यक्ष ओली

Feb 23, 2026 11:13 AM

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेका छन् । श्रीमती राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूतिहरू’ को नवौँ संस्करण विमोचन तथा आफ्नो ३८ औँ वैवाहिक वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।