Ipo.aspx merolagani - सुनको मूल्य घट्यो, चाँदी बढ्यो

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

Feb 17, 2026 11:10 AM Merolagani

फागुन ५ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ९०० रुपैयाँले घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ४ हजार ८८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी तोलाको ४ हजार ८६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

 
comments powered by Disqus

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ बाँडफाँट

Feb 17, 2026 10:01 AM

फागुन ५ गते, मंगलबार, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज बिहान ९ बजे आइपीओ बाँडफाँट गरिएको हो।